२०८३ आश्विन १६ गते , शुक्रबार

बाघको आक्रमणबाट एकजनाको मृत्यु

sajilo news
झापा
२०८३ आश्विन १६ गते , शुक्रबार
बाघको आक्रमणबाट एकजनाको मृत्यु

कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।  कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार बिहान करिब ५ बजे चौधरीसहित तीनजना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उनीसँगै गएका अन्य दुईजनाले भने भागेर ज्यान जोगाएका थिए।  बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिए।

सम्बन्धित समाचार