२०८३ आश्विन १८ गते , आईतबार

बुधवारदेखि भरी सिलिण्डर ग्यास पाइने

sajilo news
झापा
२०८३ असार ३१ गते , बुधबार
बुधवारदेखि भरी सिलिण्डर ग्यास पाइने

नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास (१४.२ केजी) बिक्री गर्ने भएको छ। यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा) ग्यास दिँदै आएको थियो।

निगमले आज एक सूचना जारी गरी १४.२ केजी (पूरा मूल्य २ हजार ६० रुपैयाँ) मा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।  ७.१ केजीको ग्यास सिलिन्डर पूर्णरुपमा प्रतिस्थापन नहुँदासम्म भने दुवै सिलिण्डरको बिक्री हुने छ।

सम्बन्धित समाचार