२०८३ आश्विन १८ गते , आईतबार

नेपालले मलेसियालाई ७ विकेटले हरायो

sajilo news
एजेन्सी
२०८३ जेष्ठ ८ गते , शुक्रबार
नेपालले मलेसियालाई ७ विकेटले हरायो

मलेसिया महिला राष्ट्रिय टोलीमाथि नेपालले अर्को जित हासिल गरेको छ। आज भएको टी–२० अन्तर्राष्ट्रियको दोस्रो खेलमा नेपालले ७ विकेटको फराकिलो जित हात पारेको हो। जितसँगै नेपालले मलेसियासँगको सिरिज २–० को क्लिन स्वीप गरेको छ।  पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो

मलेसियाले दिएको ८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि सम्झना खड्का ३७ बलमा ३९ रन बनाउँदै अविजित रहिन्। कविता कुवँर २० बलमा १९ रनमा अविजित रहेको इनिङ्समा सोनी पाख्रिन १२ रनमा आउट भइन्।

मलेसियाका लागि नुर धानीया र एइसा एलिसाले समान १ विकेट हात पारिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रनको योगफल तयार गरेको थियो।

मलेसियाका लागि ऐना हमिजाले ३० बलमा सर्वाधिक १७ रन बनाइन्। धनुश्री २० बलमा १५ रनमा आउट हुँदा अरिनान नातास्या १३ रनमा अविजित रहिन्।  नेपालका लागि कविता कुवँर, रुबिना क्षेत्री र रिया शर्माले समान २ तथा पूजा महतो र सिता राना मगरले समान १ विकेट लिइन्।

अर्को साताबाट सुरु हुने एसियन गेम्स छनोट तथा अर्को महिनाबाट हुने एसिसी प्रिमियर कप खेल्नका लागि नेपाली टोली हाल मलेसियामा रहेको छ।  

सम्बन्धित समाचार