२०८३ आश्विन १८ गते , आईतबार

कर अधिकृत ढकाल डेढ लाख घुससहित पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २७ गते , विहीबार
कर अधिकृत ढकाल डेढ लाख घुससहित पक्राउ

झापा । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रमेश ढकाल र घुस दिने थप दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डेढ लाख घुससहित पक्राउ गरेका छन्। आयोगको टोलीले ढकाल र आरएन म्यानेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीनकुमार कर्णलाई घुस रकमसहित पक्राउ गरेको हो ।

कर अधिकृत ढकाल र बिचौलिया नवीनकुमार कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरुले एक जना डिष्टिलरी उद्योगीसँग कर बापतको अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने भन्दै अतिरिक्त रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।  पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार