२०८३ भाद्र ५ गते , शुक्रबार

जापानिज इन्सेफ्लाइटिसबाट झापामा थप एकजनाको मृत्यु

sajilo news
झापा
२०८३ भाद्र ५ गते , शुक्रबार
जापानिज इन्सेफ्लाइटिसबाट झापामा थप एकजनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई)बाट झापामा थप एकजनाको मृत्यु भएको छ । गत साता मेचीनगर-८ की ६४ वर्षीया महिलाको जेईबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै जिल्लामा जेईबाट मृत्यु हुनेहरूको सङ्ख्या ६ र सङ्क्रमितहरूको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेहरूमा चार महिला र दुई पुरुष छन् ।

हालसम्म मेचीनगरमा दुई तथा हल्दिवारी,बाह्रदशी , बिर्तामोड र अर्जुनधारामा एक–एक जनाको मृत्यु भएको हो । मेचीनगरका ५ , हल्दिवारीका १ , बाह्रदशीका १ , कचनकवलका १ , बिर्तामोडका २ र अर्जुनधाराका १ जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण देखा परेको हो । त्यसमध्ये ६जनाको मृत्यु भइसकेको ,दुईजना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरु अधिकांश ५० वर्ष माथिका छन् । सङ्क्रमितमा एक जना बालक ७ महिनाका र एक जना ४० वर्ष उमेरको रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।

सम्बन्धित समाचार