२०८३ भाद्र ४ गते , विहीबार
फेसबुकमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
सामाजिक सञ्जाल 'फेसबुक' मार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल रहेका छन् ।
उनीमाथि फेसबुकमा नाबालिकाको अश्लिल सामग्री पोष्ट गरेको र रकम समेत माग गरेको आरोप छ। उजुरी परेपछि साईबर ब्यूरोबाट खटिएको टोलीले कटुवाललाई बुधबार पक्राउ गरेको हो।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप गरी कटुवालमाथि अनुसन्धान अगाडि बढाईएको ब्यूरोले जनाएको छ।