२०८३ भाद्र २ गते , मंगलबार
विद्यालयबाट घर फर्किँदै गरेका ४ विद्यार्थीलाई खोलाले बगायो, एकको मृत्यु, दुई बेपत्ता
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित वासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका ४ जना विद्यार्थीलाई बगाएको छ। एक जनाको शव फेला परेको छ । कक्षा २ मा अध्ययनरत ८ वर्षीया रेश्मा स्याङतानको शव फेला परेको प्रहरीले जनाएको छ ।
निर्मल माध्यमिक विद्यालय हेटौँडा–१९ मा अध्ययनरत उनीहरू पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो। बगाइएका सबै विद्यार्थी कक्षा ५ भन्दा कम तहमा अध्ययनरत रहेको बताइएको छ।
प्रहरीका अनुसार ११ वर्षीया सुमित्रा भुलुन र विनीता भुलुनको खोजी जारी रहेको र १३ वर्षीया सिमा भुलुनको उद्धार गरिएको छ । उनीहरू सबै हेटौँडा १९ का स्थानीयवासी हुन् ।