२०८३ आश्विन १६ गते , शुक्रबार

ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतको परमादेश

sajilo news
झापा
२०८२ चैत्र २४ गते , मंगलबार
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रक्रिया पुर्‍याएर हिरासतमुक्त गर्न परमादेश आदेश दिएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उक्त परमादेश आदेश जारी गरेको हो। यससँगै ओली र लेखक बिहीबार हिरासतमुक्त हुनेछन्।

दुवै जनाको तर्फबाट पेश गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले 'ओली र लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को परिक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्यसम्मन्न गरी जो जे गर्नुपर्ने गराउनू' भनी सरकारको नाममा परमादेशको आदेश जारी गरेको हो। सर्वोच्चले आदेशको पूर्ण पाठ तयार हुन समय लाग्ने हुँदा संक्षिप्त आदेश जारी गरिएको जनाएको छ।

गैरकानुनी ढंगले पक्राउ गरेको दावी गर्दै ओलीका तर्फबाट श्रीमति  राधिका शाक्य र लेखकको तर्फबाट श्रीमति यशोदा लेखकले छुट्टाछुट्टै बन्दीप्रत्यक्षिकरण रिट निवेदन पेश गरेका थिए। राधिकाले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो । त्यस्तै  लेखकको  रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले पनि कारण देखाउ आदेशसँगै लिखित जवाफ माग गरेको थियो । 

सम्बन्धित समाचार