२०८३ आश्विन १७ गते , शनिबार

एसइईको नतिजा भोलि दिउँसो प्रकाशित हुने निश्चित

sajilo news
झापा
२०७९ श्रावण ११ गते , बुधबार
एसइईको नतिजा भोलि दिउँसो प्रकाशित हुने निश्चित

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि (बुधबार) दिउँसो प्रकाशित गर्ने जनाएको छ। बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।

बोर्डले यसअघि पटक-पटक नतिजा प्रकाशित गर्ने समय सार्दै आएको थियो। ‘भोलि नतिजा प्रकाशित हुने कन्फर्म हो, ’रायमाझीले भने। एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो।

सम्बन्धित समाचार