२०८३ भाद्र ११ गते , विहीबार

रसुवा बाढी : ४५ विदेशीसहित ३३६ जनाको हवाईमार्फत उद्धार

sajilo news
झापा
२०८३ भाद्र ११ गते , विहीबार
रसुवा बाढी : ४५ विदेशीसहित ३३६ जनाको हवाईमार्फत उद्धार

रसुवा ।  रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत १२:३० बजे सम्म ३३६ जनाको उद्धार गरि  ।  एको छ । 

बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा आज बिहानदेखि टिमुरे, धुन्चे र मैलुङ इलाकाबाट ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको सफल हवाई उद्धार गरिएको हो। उद्धार गरिएका विदेशी नागरिकहरू ६ फरक देशका रहेका छन्।

यसका साथै, विपद् प्रभावित क्षेत्रमा सेनाका करिब ४ हजार जनशक्ति परिचालित भएका छन्। उनीहरू घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण कार्यमा खटिएका छन्।

विपद्को यस घडीमा सेनाले अन्य निकायहरूसँग समेत समन्वयात्मक भूमिका निर्वाह गर्दै राहत कार्यलाई प्रभावकारी बनाइरहेको  नेपाली सेनाले जनाएको छ  । 

सम्बन्धित समाचार