२०८३ भाद्र ११ गते , विहीबार
देशभर आज थपिए १९४ कोरोना संक्रमित
झापा । केही दिनसम्म २ अंकमा झरेको दैनिक कोरोना संक्रमित फेरि ३ अंकमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा १ सय ९४ जना संक्रमित भेटिएका छन्। ६ हजार ३ सय ९४ जनामा गरिएको परीक्षणमा १ सय ९४ जना संक्रमित भेटिएका हुन्।
आज १ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय ४८ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ५ हजार ८ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्।
हिजो ८८ जना संक्रमित भेटिएका थिए भने १ जना संक्रमितको मृत्यु भएको थियो। यस्तै आज २ लाख ३ हजार ६ सय २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ