२०८३ भाद्र ११ गते , विहीबार
कचनकवलको बनियानीमा पब्लिक लाइफ केयर पोलि क्लिनिक सञ्चालनमा
झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा पब्लिक लाइफ केयर पोलि क्लिनिक सञ्चालनमा आएको छ । स्थानीय सुभाष कार्की, प्रशान्त झा, मिंकु झा र धर्मेन्द्रप्रसाद यादवको करिब
२ करोड रुपैयाँको संयुक्त लगानीमा कचनकवल- ६ स्थित बनियानी चोकमा पब्लिक लाइफ केयर पोलि क्लिनिक सञ्चालनमा आएको हो ।
सो पोली क्लिनिकको सोमबार एक कार्यक्रमका बिच प्रदेश १ का भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओम सरावगीले उद्घाटन गरेका हुन् । १५ बेड क्षमतासहितको यस पोलि क्लिनिकमा २४ घण्टा आकस्मिक सेवा, ल्याब, इसिजि, भिडियो एक्स-रे साथै ओपिडी सेवा सञ्चालनमा ल्याएको पोलि क्लिनिकका संस्थापक सुभाष कार्कीले जानकारी दिए ।
साथै फिजियो थेरापी, विभिन्न विशेषज्ञ डाक्टरहरूले पनि नियमित सेवा दिने उनको भनाई छ । स्थानीय स्तरमा स्वास्थ्य सहजता पुर्याउने उद्देश्यले जिल्लाको दक्षिणी क्षेत्रमा खोलिएको यस पोलि क्लिनिकबाट सेवाग्राहीहरूले २४ घण्टा सेवा पाउने बताइएको छ ।
गाउँपालिकामा सरकारी स्वास्थ्य संस्थाबाहेक अन्य सुविधा सम्पन्न अस्पताल नरहेकोले यहाँका बिरामी उपचारका लागि भद्रपुर वा बिर्तामोड धाउनु पर्ने बाध्यता थियो । त्यसलाई बाध्यतालाई सहज बनाउन गाउँपालिकाभित्रै सुविधा सम्पन्न पोलि क्लिनिक सञ्चालनमा ल्याएको उनले बताए ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ