२०८३ भाद्र ११ गते , विहीबार
पछिल्लो २४ घण्टामा थपिए ६८ जना कोरोना संक्रमित
झापा । देशभर आज १०० भन्दा कम कोरोना संक्रमित फेला परेका छन्। आइतबार थप ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले जानकारी दिइन्। मिश्राका अनुसार ४ हजार ९ सय २९ जनाको कोरोना परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो।
मिश्राले २ हजार ६६२ जनाको पिसिआर र १ हजार ४९४ जनाको एन्टिजेन परीक्षण गरिएको बताइन्। पछिल्लो २४ घन्टामा मुलुकभर ५३८ जना संक्रमणमुक्त भएका हुन्। यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ। योसँगै हाल देशभर ६ हजार ४६१ जना सक्रिय संक्रमित छन्।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ