२०८३ भाद्र ११ गते , विहीबार
थपिए १०५ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु
झापा । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परिक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरीजम्मा १०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । बिहीबार ३२० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ७ हजार ३४९ जना होम आइसोलेसनमा र १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ