मेची अस्पतालमा जोर्नी प्रत्यारोपणको जटिल शल्यक्रिया सफल
झापा । भद्रपुरस्थित मेची अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण (हिप आर्थोप्लाष्टि) को सफल शल्यक्रिया गरिएको छ । गत फागुन ४ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका हल्दिबारी गाउँपालिका- ४ निवासी ५५ वर्षीय सुरेन मेचेको दाहिने कम्मरको जोर्नी भाँचिएको थियो ।
जोर्नी भाँचिएपछि उनी अस्पतालमा उपचाररत थिए । उनको अस्पतालमा कार्यरत अर्थोपेडिक डा. विजय भुजेल, अर्थोपेडिक डा. प्रकाशकुमार श्रेष्ठ र डा. रमेश श्रेष्ठ, एनेष्थेसिया डा. प्राण श्रेष्ठसहित टोलीले सफल शल्यक्रिया गरेका हुन् । अस्पतालमा चिकित्सक नहुँदा यस्ता जटिल बिरामीलाई शल्यक्रियाका लागि अस्पतालले अन्यत्र रेफर गर्दै आएका थिए ।
मेची अस्पतालमा पछिल्लो पटक विशेषज्ञ चिकित्सकहरूको दरबन्दी थपिएसँगै बिरामीहरू अन्यत्र रेफर गरी पठाउने सङ्ख्यामा कमी आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिए ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ