२०८३ भाद्र ११ गते , विहीबार
कोरोना संक्रमितभन्दा निको हुने तेब्बर, आज थपिए ३१२ जना
झापा । पछिल्लो २४ घन्टामा देशभर ३ सय १२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ८ हजार ६९३ जनामा गरिएको परीक्षणमा ३ सय १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ।
यस्तै आज ९ सय ११ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। यो संक्रमितका तुलनामा तेब्बर बढी हो। हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ