प्रदेश १ मा थपिए ५२ जना कोरोना संक्रमित
झापा । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण भएको छ । ३३७ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, सुनसरी र पाँचथरमा २–२, उदयपुर, तेहृथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । झापाको दमक र विर्तामोडमा २–२, मेचीनगर र बुद्धशान्तिमा १–१, मोरङको विराटनगरमा २, सुन्दरहरैचा, बेलबारी र सुनबर्षीमा १–१, सुनसरीको इनरुवा र इटहरीमा १–१, पाँचथरको फिदिममा २, उदयपुरको बेलका, तेहृथुमको म्याङलुङ र इलामको इलाम नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२ महिला र २३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९९० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ