२०८३ भाद्र ११ गते , विहीबार
देशभर थपिए २६२ कोरोना संक्रमित, चार जनाको मृत्यु
झापा । पछिल्लो २४ घन्टामा देशभरि २ सय ६२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ५ सय ७२ पिसिआर परीक्षण गर्दा २ सय २९ जना र ३ हजार २ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो।
आज ४ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ रहेको छ।
नेपालमा हाल कोरोना संक्रमण दर घटेर ६ दशमलव ४ प्रतिशतमा झरेको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जनाएकी छन्। उनले संक्रमण दर कम भए पनि जोखिम भने कायमै रहेको भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिन्।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ