दुई वर्षभित्र सबै स्थानीय तहमा अस्पताल
झापा । स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ ।
सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो । त्यसैअनुरूप पालिकाहरूमा पाँचदेखि १५ शैयाका आधारभूत अस्पताल निर्माण भइरहेका हुन् । यस वर्ष सरकारले थप २५९ वटा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढाएको छ ।
गत वर्ष सुरु गरिएका ३९६ वटामध्ये स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म २५५ पालिकाको प्रतिवेदन प्राप्त भएकोमा विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भएको २३१ वटा मन्त्रालय र पालिकाबीच बोलपत्र भई सम्झौता भएका १८४ वटा, सम्झौता भएका पालिकालाई मन्त्रालयले रकम निकासा नै गरेको पालिकाको सङ्ख्या १५० वटा रहेका छन् ।
त्यस्तै, १५० वटामध्ये ४१ वटा आधारभूत अस्पतालाई मन्त्रालयले दोस्रो किस्ताको रकम प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, यस वर्ष निर्माण गर्ने थप २५९ वटा अस्पतालमध्ये १३३ वटा पालिकाको अस्पताल निर्माण प्रक्रियामा छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ