२०८३ भाद्र ११ गते , विहीबार
कोरोना अपडेट : ४३७ संक्रमित थपिँदा २४५४ सङ्क्रमणमुक्त
झापा । नेपालमा पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण थपिएको छ । ९ हजार ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ४३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ५ हजार १३३ जनाको पीसीआर र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट २७५ र एन्टिजेन परीक्षणबाट १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ हजार ४५४ जनाले कोरोनालाई जितेका छन् ।
आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९१३ पुगेको छ । अहिले देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित छन्।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ